“कांग्रेसमा सबै मिल्नुको बिकल्प छैन” – अब्दुल सत्तार

स्वस्तिका पन्थी । नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक काममा परिचालित हुने गरी शुरु गरेको सय दिने अभियानका लागी लमजुड. मध्यनेपाल पुगेका केन्द्रीय सदस्य अब्दुल सत्तारले अब कांग्रेस आफैमा मिल्नुको अन्य बिकल्प नभएको बताएका छन् । लमजुड.का बिभिन्न ठाउँमा प्रमुख अथिती बनेर सम्बोधन गर्दा सत्तारले लमजुड.मा नेपाली कांग्रेसको पुरानै शाख जोगाउनका लागी सबै कर्याकर्ताले आ आफु्नो ठाउबाट लागी पर्नु पर्नेमा जोड दिदै आएका छन् ।

सत्तारले  उल्लेख्य रुपमा उपस्थित कार्यकर्ताको मनोबल उच्च पार्नका लागी केन्द्रीय स्तरले सदैब मनन् गर्ने उल्लेख गरेका छन् । उनले “लमजुड.जिल्ला ,कांग्रेसको किल्ला” भन्ने भनाईलाई चरितार्थ पार्नका लागी लमजुड. नेतृत्वको ध्यानाकर्षण गराएका छन् । गुट उपगुट प्रति लक्षित गर्दै एउटा कांग्रेसले अर्को कांग्रेसलाई लडाउने खेलको अन्त्य हुनुपर्नेमा जोड दिए ।

केन्द्रीय स्तरका नेता यसरी कर्ताकर्तामा जादा निराश बनेका कार्यकतालाई यो अभियानले धेरै राहत मिलेको भन्दै सत्तारले साच्चै अब जनमानसमा नेपाली कांग्रेसलाई अब्बल पार्टी बनाउने हो भने नेतृत्वले कार्यकर्ताका जनभावना बुझ्नु पर्ने बताए । उनले चिया गफमा कांग्रेश सक्कियो भन्नेका लागी लक्षित गर्दै कांग्रेश कुनै हालतमा पहिलो पार्टी बन्नेमा दाबी गरेका छन् । १०० दिने कार्यक्रमको अन्तिम चरणमा आईपुग्दा समग्रमा यो अभियानले लमजुड.मा नेपाली कांग्रेसको मजबुद संगठन बिस्तारमा अहम भुमिका निर्बाह गर्ने बताए ।

१०० दिने अभियानका क्रममा लमजुड. राईनासको कार्यक्रमको भिडियो –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार