नाटक ढुकढुकी ७२ मेगाहर्जु को मञ्चन थपियो

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ढुकढुकी ७२ मेगाहर्जु को मञ्चन अवधि थपिएको छ।

नाटक मंसिर २३ गतेसम्म नियमित मञ्चन हुने निर्देशक केदार श्रेष्ठले बताए। दर्शकको माया र सद्भावपूर्ण आगमनले मञ्चन मिति थपिएको उनको भनाइ छ।

नाटकको लेखन तथा परिकल्पनाकार निर्देशक केदार नै हुन्।

९० मिनेटको नाटकमा अभिनेत्री मेनुका प्रधान र अभिनेता कार्म शाक्यले अभिनय गरेका छन्। निर्मातामा अभिनेता दयाहाङ राई छन्।

नाटक कात्तिक २४ देखि सुरू भएको थियो।

 

यसअघि मंसिर १६ गतेसम्म हुने भनिएको नाटकको मञ्चन ७ दिन थपेर २३ गतेसम्म पुर्‍याइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार