रविन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाली फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।

रविन्द्रले सुरुमा म्याट्टी इयानसँग खेल्ने तय थियो । म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए ।

ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यस तौल समूहमा विजेता बने युएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् ।

सम्बन्धित समाचार

ताजा समाचार