एशिया कप खेलेर नेपाली यू–१९ टोली स्वदेश फर्कियो

एशियाली क्रिकेट परिषद् एसीसीको आयोजनामा संयुक्त अरब इमिरेट्स ९यूएई०मा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कप–२०२४ मा सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ ।

पुरुष १९ वर्षमुनिको एशिया कपका खेलहरू खेलेर नेपाली टोली हिजो बेलुका स्वदेश फर्किएको हो । एशिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जीत हासिल गरेको थियो ।

नेपालले अस्ति मङ्गलवार अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सान्त्वना जीत निकालेको हो । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एशिया कपबाट बाहिरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार