काठमाडौं— नेपाली काँग्रेस केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव केन्द्रिय आपुर्ति तथा उपभोक्ता बिभागका प्रमुख गुरु बरालद्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्ती मार्फत सरकारको ध्यानार्कषण गराइएको छ ।
राज्यबाट सुनिने गुनासोेलाई सम्बोधन गर्नुको सट्टा नागरीकको दैनिक अत्यावश्यक बस्तुको रुपमा रहेको नुनको कारोबार निजी क्षेत्रलाई खुला गर्ने सम्बन्धि समाचार पटक—पटक आएको उल्लेख गर्दै ‘आम नागरीकले अत्यन्त जटिल परिस्थितीमा सहज र सरल रुपमा नेपाली जनताको स्वास्थ्य र आर्थिक रुपमा अहित हुने सम्भावनालाई ध्यानमा राखि सरकारको गम्भिर ध्याानाकर्षण गर्दछौँ’ प्रेस बिज्ञप्तीमा भनिएको छ ।
सरकार स्थापना गर्दाको अवस्थामा आम नागरीकलाई दुई ठुला दलले कबुल गरेको प्रतिवद्धताहरु अहिलेसम्म केही पुरा भएका छैनन् । झन् बजारमा भने महंगी बढेको छ ।
हेर्नुहोस् प्रेस बिज्ञप्तीः


