सरकार नियमावलीको आधारमा आफू अनुकुलको कानून बनाउन उद्दत छः सांसद लामा

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानूनका आधारमा नभई नियमावलीको आधारमा आफू अनुकुलको कानून बनाउन उद्दत रहेको आरोप लगाउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जनताका समस्या र विकास निर्माणका सवालमा ध्धयानाकर्षण गरएका कुरा सरकारले सुन्न छोडेको बताउनु भयो । उहाँले पारित भएर आएको कानूनबाटै सरकार निवयमावलीको आधारमा कानून बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकार ध्यानाकर्षण गराएका कुराहरु सुनिरहेको छैन । सुनोस् पनि कसरी सरकार ऐन, कानूनमा टेकेर हैन नियमावली हेरेर ऐन कानून परिवर्तन गर्न जोड दिइरहेको छ । पारित भएर आएको कानूबाट सरकार ऐन र कानूनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानून निर्माण गरेर भ्रष्टाचार गर्न तयार रहेको छ भन्ने प्रष्ट भएको छ । जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट शुरु गरौं ?’
उहाँले सरकारले विकास निर्माणका काममा चासो नदेखाएको कारण विभिन्न सडक आयोजना निर्माणको काम अलपत्र परेको समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार