कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति भएपछि क्यालेण्डर बनाउन सांसदहरुको माग

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो माग गरेका हु्न् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उहाँहरुको भनाइ छ । बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति बैठकमा निर्णय गर्नको लागि आवश्यक सांसदको उपस्थिति नहुँदा सांसदहरु गैरजिम्मेवार जस्तो देखिएको बताउनु भयो । उहाँले संसद चलेपछि त्यहीअनुसारको क्यालेण्डर बनाएपनि त्यसअघिको लागि समितिको छुट्टै क्यालेण्डर बनाउनुपर्ने बताउनु भयो । समितिको काम अनुगमन गर्ने र उजुरीहरु हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरु गर्न नसकिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘समिति मिटिङको कोरम पु¥याउनलाई पनि अपm्ठ्यारोजस्तो भयो । यस्तै हुने हो भने जिम्मेवार नभए जस्तो देखिने भयो हामी सबै पनि । यसका लागि अनिवार्य रुपमा हाम्रो क्यालेण्डर चाहिने भयो । हाउस खुला भयो भने त्यहाँको कार्यक्रमहरुलाई ध्यान दिएर त्यहीअनुसारले तयार होला । नभए हामीले १५ दिनको हुन्छ कि २० दिनको हुन्छ संसद खुल्नु भन्दा पहिलेको भएपनि एउटा क्यालेण्डर बनाउँ । क्यालेण्डर बनेको अवस्थामा अरु कामहरु गर्न पनि पाइयो । यो त निकै अपm्ठ्यारो भयो । अर्को, अनुगमनहरु हाम्रो प्राथमिकता जस्तो देखिन थाल्यो के । कोर कामहरुमा हाम्रो ध्यान जान सकिरहेको छैन । हाम्रो धेरै समय अनुगमन र उजुरीहरुमा बित्ने गरिरहेको छ । यसले हामी कतै समितिको मुख्य कामबाट अलग त भइरहेका छैनौं ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले समितिले गर्ने निर्णय र निर्देशनहरुको सुनिश्चतता गर्नुपर्ने बताउनु भयो । उहाँले समितिले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक नभए किन निर्णय र निर्देशनहरु दिने ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले बैठकको कार्यतालिकाबारे जानकारी दिने सवालमा लापरबाही नगर्न समिति सचिवको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘समितिलाई हामी मिनि पार्लियामेन्ट कमिटि पनि भन्ने गर्छौं । हामीले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक हुन्नन् भने किन निर्णय र निर्देशनहरु दिने ? यो कुराको सुनिश्चितता हुनुप¥यो । अनि बैठकको बारेमा जानकनरी दिने कुरामा पनि त्यस्तै लापरबाहीहरु भइरहेका छन् । यसमा समितिज्यूले पनि ध्यान दिनुप¥यो है । ’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डागीले समितिले आफ्नै क्यालेण्डर बनाएर काम कारबाही गर्नुपर्ने बताउनु भयो । मन्त्रीको समयबारे समितिलाई थाहा नहुने तर मन्त्रीको उपस्थिति बिना समिति बैठक अगाडि बढ्न नसक्ने भएका कारण क्यालेण्डर आवश्यक रहेको उहाँको भनाइ छ ।

बैठकमा अधिकांश सांसदहरुले समितिका काम कारबाहीहरु प्रभावकारी बनाउन छुट्टै क्यालेण्डर बनाउन आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार