दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा विजयी

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छिन्। दुई हजार ८०५ मत प्राप्त गरी उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६०० मत ल्याइन् । नेपाली कांग्रेसकी पासदिकी तामाङले १ हजार ७२७ मत प्राप्त गरिन् ।

२०७९ को स्थाानीय तहको निर्वाचनमा उपाध्यक्ष निर्वाचित नेपाली कांग्रेसका श्यामसुन्दर तामाङको हृदयाघातका गत वर्ष असार ३१ गते निधन भएको थियो। त्यसपछि रिक्त पदमा गत आइतबार निर्वाचन भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार