मिचिएको नेपाली भूमि फिर्ता ल्याउन तत्काल भारतसँग संवाद गर्न माग

काठमाडौं । सांसदहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउनका लागि तत्काल भारतसँग संवाद गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली भूमि लिपुलेक प्रयोग गरी कैलाश मानसरोवर यात्रा भारतले खुला गरेपछि नेपालले भारत र चीनलाई ६ बुँदे कूटनीतिक नोट पठाएको थियो ।

तर, सांसदहरुले कूटनीतिक नोट ध्यानाकर्षण भएको जनाउ मात्र हुने भएकाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा भारतसँग तत्काल कूटनीतिक संवाद थाल्नुपर्ने माग गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यसबारे सांसदहरुले आवाज उठाएका हुन् । लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा क्षेत्रमा भारतले मिचेका भूमि फिर्ता लाउन कूटनीतिक पहल गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सीमा विवाद अन्त्यका लागि वार्ता गर्नुपर्नेमा जोड दिँदै सांसद गणेश विश्वकर्माले भने, ‘लिपुलेक कालापानीको विषयमा कूटनीतिक नोट पठाएको भनिएको छ । कूटनीतिक नोट ध्यानाकर्षण मात्र हो । वार्तामार्फत समस्या समाधान गर्नुपर्छ ।’

नेपालले कूटनीतिक नोट पठाए पनि भारत र चीनले पर्याप्त चासो नदिएको सांसद सन्दीप रानाको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार