काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेशमा भेला गर्ने भएको छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला हुन लागेको हो।
सुदूरपश्चिम प्रदेशमा वैशाख २६ र २७ गते भेला हुनेछ। भेला धनगढीमा हुने कांग्रेसले जनाएको छ। कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते भेला हुनेछ। भेला लेकवेसी सुर्खेतमा हुने भएको हो।
गण्डकी प्रदेशको पोखरामा वैशाख ३१ र जेठ १ गते भेला हुनेछ। बागमती प्रदेशमा जेठ ४ र ५ गते भेला हुनेछ। भेला धुलिखेलमा गर्ने तय भएको छ।
मधेस प्रदेशमा जेठ ६ र ७ गते भेला हुनेछ भने भेला महोत्तरीको बर्दिवासमा हुनेछ। कोशी प्रदेशमा जेठ ८ र ९ गते भेला हुनेछ। भेला सुनसरीको लौकीमा हुने तय भएको छ।
लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते भेला हुनेछ। उक्त भेला तिलोत्तमामा हुनेछ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकका अवसरमा बुधबार भेला तय भएको थियो।

