खहरे खोलामा आएको बाढीका कारण दुई जनाको ज्यान गयो

काठमाडौं । खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि विभिन्न खहरे खोलामा आएको बाढीका कारण दुई जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेका छन्।

स्थानीय छाँगे खोलामा आएको बाढीले बगाउँदा शान्ता राईको मृत्यु भएको नेर्पाका वडाध्यक्ष माधव राईले जानकारी दिए। आफन्तको घरबाट घर फर्कने क्रममा उनी सम्पर्कविहीन भएपछि खोजी गरिएको थियो। खोजतलासका क्रममा उनको शव खोलामा फेला परेको हो।

यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियार बेपत्ता भएका थिए।

सम्बन्धित समाचार

ताजा समाचार