माधव नेपालको सन्देशः आत्मसमीक्षाबिनाको एकता सम्भव छैन

काठमाडौं । नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणबारे सबै कम्युनिस्ट दलले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

मदन भण्डारीको स्मृतिमा आयोजित विचार गोष्ठीमा उनले जनताको बदलिँदो सोच बुझ्न नसक्नु, व्यक्तिवाद, आत्मकेन्द्रित प्रवृत्ति र भ्रष्टाचारजस्ता कमजोरीको समीक्षा आवश्यक रहेको उल्लेख गरे। उनले “कुराले मात्रै चिउरा भिज्दैन” भन्दै भाषणभन्दा व्यवहारमा सुधार र मिल्न सक्ने विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

नेपालले मदन भण्डारीको अनुशासन, दूरदृष्टि र यथार्थवादी सोचबाट प्रेरणा लिएर कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउनुपर्ने धारणा पनि व्यक्त गरे।

सम्बन्धित समाचार

ताजा समाचार