एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।

उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याएको हो ।

 

सम्बन्धित समाचार

ताजा समाचार