काठमाडौं । रास्वपाको जारी महाधिवेशन प्रतिनिधि ४२ सयभन्दा धेरै भएका छन् ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गणेश पराजुलीले करिब २८ सयबाट बढेर ४२ सय हुँदा प्राविधिक त्रुटिको कारण हिजो बन्दसत्र सुरू हुन नसकेको बताए।
उनले अहिले हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरू भइसकेको बताउँदै आज १ बजेदेखि बन्दसत्र सुरू हुने जानकारी गराए ।
१ बजे बन्द सत्र सुरू हुँदा करिब ४ घण्टाभित्र सक्ने र मनोनयन प्रक्रिया सुरू हुने पराजुलीले जानकारी दिए ।

