प्रधानमन्त्रीलाई सदनमा उपस्थित नगराए आफूलाई निष्कासन गर्न हर्क राईको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गरेका हुन् । सभामुखलाई सम्बोधन गर्दै राईले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्रीलाई सदनमा ल्याउनुपर्ने, अन्यथा नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरी आफूलाई सदनबाट निष्कासन गर्न चुनौती दिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ ९१० लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु । कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनु पर्यो, होइन भने मलाई निस्केर जा भन्नुप¥यो ।’

राईले सभामुखको कार्यगत बाध्यता र परिस्थितिप्रति आफू जानकार रहेको भएपनि नियमको पालना नहुँदा सदनको मर्यादामा आँच पुगेको टिप्पणी गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार