गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको थियो।

पीडित पक्ष र सरकारबीच आइतबार नौ बुँदे सहमति भएपछि नेपालीको शव अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो। सहमतिपछि परिवार र आफन्तले शव बुझेर अन्त्येष्टि गरेका हुन्।

 

सम्बन्धित समाचार

ताजा समाचार