बाजुरा झडपः घाइतेको उपचार प्रदेश सरकारले गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा घाइते भएकाहरूको उपचार प्रदेश सरकारले गर्ने बताएका छन्।

नेपाली काँग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले घाइतेहरूको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने र क्षतिपूर्तिको एकिन विवरण आएपछि त्यसको व्यवस्थापनमा समेत सरकार गम्भीर रहने उनले बताए।

मुख्यमन्त्री शाहले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाहीका लागि प्रहरी प्रशासनले सक्रियता बढाएको जानकारी दिँदै अवरुद्ध कर्णाली कोरिडोर तत्काल सुचारु गर्न स्थानीयवासीलाई आग्रह गरे।

जेठ २ गते बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ च्याचौरमा अस्थायी प्रहरी चौकी निर्माणका क्रममा हुम्लाका स्थानीयले अवरोध गर्दा झडप भएको थियो। उक्त झडपमा हुम्लाका स्थानीयको कुटपिटबाट बाजुराका ६ जना घाइते भएका थिए।

 

सम्बन्धित समाचार

ताजा समाचार