सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आइतबार सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ९० हजार ९०० कायम भएको छ। शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य १ सय ५ रुपैयाँले घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

शुक्रबार चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार