आइतबार भत्काइए अनामनगरदेखि पशुपतिसम्म ८६ घर

काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काइरहेको सरकारले आइतबार बागमती र सहायक नदीका किनारमा डोजर चलाएको छ ।

सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिका तथा बुढानिलकण्ठ नगरपालिकाको समन्वयमा आज धोबी खोला किनारको अनामनगर, बालाजु, माछापोखरी, कपन क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी निर्माण गरिएका ८० घर टहरामा डोजर चलेको जानकारी दिए । त्यस्तै धोबी खोलाको किनार मिचेर अनामनगर क्षेत्रमा बनाइएका ६ घर भत्काइएको छ ।

‘बालाजु, माछापोखरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७ वटा संरचना भत्काइएको छ । अब कपनको तेन्जिङ चोकका अतिक्रमित संरचना पनि हटाइँदैछ ।

 

सम्बन्धित समाचार

ताजा समाचार