टिकटभन्दा एकता ठूलो, हस्ताक्षर निर्णायक होइनः देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ टिकट वितरण गर्दा आफ्नो हस्ताक्षर निर्णायक नहुने संकेत दिएका छन् । महामन्त्रीद्वयसँगको भेटपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले देउवाको प्राथमिकता टिकटभन्दा पनि पार्टी एकता भएको स्पष्ट पारे ।

देउवाको भनाइ उद्धृत गर्दै महतले भने, पार्टी एकता सबैभन्दा महत्वपूर्ण भएकाले टिकटमा हस्ताक्षर गर्नु ठूलो विषय होइन । आवश्यक परे हस्ताक्षरको अधिकारसमेत छोड्न तयार रहेको देउवाको भनाइ छ ।

महतका अनुसार देउवाले आफूलाई चुनावबाट अलग गर्न खोजिएको हो कि भन्ने जिज्ञासा राखेका थिए, तर महामन्त्रीद्वयले त्यस्तो आशय नरहेको प्रष्ट्याएका छन् । यसबारे केन्द्रीय समितिमा थप छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार