काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले सह–महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । संस्थापनपक्षसँग सहमति भएमा पछि नाम फिर्ता लिनेगरी उम्मेदवारी दिएको उनको भनाइ छ ।

