कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध मुद्दामा एक–एक वर्ष कैद सजाय तोकिएका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका –१८ का २५ वर्षीय सुनिल डगौरा र वडा नम्बर १९ का २५ वर्षीय अनिल डगौरा रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई आइतबार घरबाटै पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

