गृहमन्त्री गुरुङ र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबिच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।भेटमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटका क्रममा नेपाल र जापानबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, जापान सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको थियो।गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजनासहित अन्य पूर्वाधार आयोजनाको प्रगतिबारे चासो व्यक्त गरेका छन् ।

यस्ता आयोजनाले नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उनले उल्लेख गरे ।भेटमा गृहमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका क्षेत्रमा नेपाल र जापानबीच थप प्राविधिक सहकार्य आवश्यक रहेको औँल्याए। नेपालमा विपद् व्यवस्थापन सम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्न जापान सरकारसँग प्राविधिक सहयोग र ज्ञान हस्तान्तरणको प्रस्ताव समेत उनले राखेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार