उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिए

काठमाडौं । काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् ।

सरकारले काठमाडौंको चाबहिलका दीपेन्द्र खत्री, ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई र भक्तपुरका माधव घिमिरेलाई सरुवा गरेको हो ।

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा।डा। कुमार इङनामले केही समयअघि गरेको छड्के अनुगमनका क्रममा
कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको पाइएपछि सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको हो ।

तत्कालिन मन्त्री बलराम अधिकारीको पालामा कार्यालय प्रमुखका रुपमा ती कार्यालयमा सरुवा भएका उनीहरुलाई वर्तमान सरकारले हटाएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार