विदेशी नागरिकको विवरण राख्न सहकार्य गरिँदै

काठमाडौं । विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग पनि सहकार्य गर्ने योजना अध्यागमन विभागले बनाएको छ । अध्यागमन विभागले १ जनावरी सन् २०२६ बाट लागू गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लाई प्रभावकारी बनाउन टेलिकम प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको लगानीमा सञ्चालित एनसेलसँग पनि सहकार्य गर्ने तयारी गरेको हो ।

नेपालभित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढंगले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गरिएको र अधिकतम विवरण संकलनका लागि टेलिकमप्रदायक कम्पनीहरुसँग पनि सहकार्य गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिएका छन् । उहाँकाअनुसार नेपाल टेलिकम र एनसेलसँग सिस्टमलाई जोड्न छलफल चलिरहेको छ । आगामी हप्ता भित्रै नतिजा देखिनेछ ।

उनकाअनुसार टेलिकमहरुबाट यदि कसैले सिम कार्ड लियो भने त्यसको विवरण अध्यागमनको प्रणालीमा आउनेछ । त्यसबाट सम्पूर्ण विवरणहरु थाहा पाउन सहज हुनेछ । वायुसेवा सञ्चालकहरुसँग पनि यो सिस्टम जोड्न छलफल भइरहेको छ । आगामी हप्ताभित्रै जोडेर प्रणाली विस्तार गरिँदैछ । अध्यागमन विभागले आगामी मार्चबाट सबै क्षेत्रमा शुरु गर्दैछ । त्यसभन्दा अघिबाट पनि यो सिस्टम सबैतिर लागू हुन पनि सक्छ । यो प्रणालीमा आउन चाहनेहरुलाई विभिन्न एजेन्सीहरुसँग छलफल भइरहेको छ ।

उनकाअनुसार पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गरिएको हो । यसका लागि निजी क्षेत्रसँग सम्बन्ध भएको छ र उनीहरु यो प्रणालीलाई लागू गर्न तयार छन् । अहिले सम्म करिब साढे १३ सय ट्रेकिङ एजेन्सीहरु र सयको हाराहारीमा काठमाडौका तारे होटेलहरु हामीसँग जोडिएका छन् । जोडिने क्रम दिनानु दिन बढिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार