काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने

काठमाडौं । नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचि सोमवार निर्वाचन आयोगमा बुझाउने भएको छ । आईतवार सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन् ।

केन्द्रिय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रिय कार्य सम्पादन समितिमा रहेका नेताहरुसँग छलफल भइरहेको र अब सूचि तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने बताएका छन् । समानुपातिक सूचिबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूचि तयार पार्नु पनि महत्वपूर्ण काम भएको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र रास्वपामा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह दाग नलागेको व्यक्ति नभएको पनि बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार