तोकिएकै मितिमा निष्पक्ष रुपमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

कैलाली । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निष्पक्ष रुपमा निर्वाचन हुने बताएका छन्। मङ्गलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका हुन्।

गृहमन्त्री अर्यालले सरकारको मुख्य जिम्मेवारी नागरिकलाई सुरक्षा प्रदान गर्दै र सुशासन कायम गर्नु र समयमै निर्वाचन गर्नु रहेको बताएका छन्। यो सरकारको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्दै सुशासन कायम गर्नु र निर्वाचन गर्ने हो। सरकारले पाएको म्यान्डेड पनि चुनाव गर्नु नै हो, उनले भने, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा चुनाव तोकिएकै समयमा हुन्छ।

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए। उनले राजनीतिक दललाई निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन सरकार सक्रिय रहेको बताएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार