शिक्षामन्त्री पुनको व्यंग्यात्मक टिप्पणीः ‘नेपाललाई स्वर्ग बनाएको जस्तो गर्छ यो भाइ’

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाललाई लक्षित गर्दै महेश बस्नेतले सामाजिक सञ्जालमा गरेको आलोचनापछि शिक्षामन्त्री महावीर पुनले कटाक्षपूर्ण प्रतिक्रिया दिएका छन्।

बस्नेतको फेसबुक स्टाटसलाई शेयर गर्दै मन्त्री पुनले उनी आफूलाई अत्यधिक सफल, देशलाई स्वर्गझैँ बनाइदिएको पात्रको रूपमा प्रस्तुत गर्ने गरेको भन्दै व्यंग्य कसिएका शब्दहरू प्रयोग गरेका छन्। पुनले बस्नेतलाई ‘भाइ’ सम्बोधन गर्दै लेखेका छन्, “के के न आफुहरुले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाईले म ता हाँसेरै मर्छु की क्या हो”

पुनको टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भइरहेको छ। उनले बस्नेतको आरोपभन्दा बढी बस्नेतको प्रस्तुतीकरणकै शैलीमाथि व्यंग्य प्रहार गरेका छन् भन्ने बुझिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार