काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुबा रामनारायण शाहको उपचारका क्रममा निधन भएको छ।
आइतबार बिहान स्वास्थ्य बिग्रिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो, जहाँ भेन्टिलेटरमा राखेर उपचार चलाइएको थियो।
अस्पतालका चिकित्सकहरूका अनुसार पिसाबमा संक्रमण देखिएको र सोही संक्रमण शरीरभरि फैलिँदै गएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो।
मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए ।

