ह्वात्तै बढ्यो सुनको मुल्य

काठमाडौं । सुनको मुल्य आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेसँगै तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज ४५ रुपैयाँले बढेर तोलाको तीन हजार पाँच सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको तीन हजार चार सय ९० रुपैयाँ थियो ।

सम्बन्धित समाचार

ताजा समाचार