नेकपाको ‘एकता सन्देश’ गण्डकी प्रदेशतर्फ

काठमाडौँ । नेकपा आज आइतबार गण्डकी प्रदेशतर्फ मोडिएको छ । प्रदेशभरि ‘एकता सन्देश’ फैलाउने उद्देश्यसहित पार्टीले कास्कीको पोखरामा ठूलो सभा आयोजना गर्दैछ। सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी गरिएको छ।

यससँगै नेकपाको प्रदेश–प्रदेशघुम्ती अभियान जारी छ। भोलि सोमबार कोशी प्रदेशको विराटनगरमा सभा गर्ने कार्यक्रम तय गरिएको छ भने मङ्सिर १८ गते कर्णालीको सुर्खेत, मङ्सिर २० मा मधेश प्रदेशको जनकपुर, र मङ्सिर २३ मा बागमती प्रदेशको हेटौँडामा सभा आयोजना गरिने छ।

देशव्यापी अभियानको रुपमा मङ्सिर २९ गते सबै स्थानीय तहमा एकैदिन ‘एकता सन्देश सभा’ गर्ने योजना नेकपाले अघि सारेको छ।

यसअघि पार्टीले शुक्रबार सुदूरपश्चिमको धनगढी र शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सभा सम्पन्न गरिसकेको छ, जसलाई प्रदेशस्तरीय सन्देश प्रवाहको महत्वपूर्ण चरणका रूपमा लिइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार