काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार राजधानीमा बसेको केन्द्रीय समिति बैठकमार्फत राजीनामा घोषणा गरेका हुन् ।
बैठकले केन्द्रीय समिति विघटन गर्ने र आगामी विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने निर्णय समेत गरेको छ ।
महाधिवेशनलाई लक्षित गरेर आयोजक कमिटी गठन गर्ने तयारी भएको बैठक स्रोतले जनाएको छ । उक्त कमिटीको संयोजकका लागि पार्टीकी वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई प्रस्ताव गरिएको पनि खुलाइएको छ ।

