कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खर्च कटौतीको विवरण तयार गर्न विषयगत मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन ।
बुधबार बसेको विषयत मन्त्रालयका मन्त्री र सचिव सम्मिलित बैठकमा मुख्यमन्त्रीले सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन । जेनजी आन्दोलनपछि प्रदेश संरचना अन्तर्गतका भौतिक संरचनामा ठुलो क्षति भएको छ । त्यसको समीक्षा गर्दै मुख्यमन्त्रीले खर्च कटौतीको विवरण तयार पार्न निर्देशन दिए ।
यसैगरी, मुख्यमन्त्री शाहले क्षति भएको भौतिक संरचना मर्मत गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न पनि निर्देशन दिएका छन ।

