काठमाडौं । कात्तिक १७ देखि २४ गतेसम्म हुने १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपका लागि नेपाल प्रशिक्षणमा जुटेको छ ।
भदौमा भएको छनोटपछि १८ खेलाडीले प्रशिक्षक कुमार राईको नेतृत्वमा अभ्यास गरिरहेका छन् । उनले डिफेन्स र अट्याकसँगै सर्भिसमा विशेष ध्यान दिइएको बताए ।
माल्दिभ्समा भएको अघिल्लो संस्करणमा नेपाल तेस्रो स्थानमा सीमित भए पनि यस पटक अनुभवी खेलाडीहरू रहेकाले राम्रो नतिजा आउने अपेक्षा गरिएको छ ।
त्यस्तै, नेपाली पुरुष टोली पनि कात्तिक ५ देखि ११ गतेसम्म बङ्गलादेशमा हुने काभा नेशन्स लिगको तयारीमा छ । पुरुष टोलीले सन् २०२३ यता कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

