पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले दुई युवकलाई अवैध हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय समिर खड्का र सोही उमेरका आभाष चन्द रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेती, चौमाला र जिल्ला प्रहरीको संयुक्त टोलीले गौरीगंगा–१ बाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार खडकाको साथबाट एक थान पेस्तोल, एक थान म्याग्जिन र २८ राउण्ड गोली बरामद गरिएको छ भने चन्दसँग पनि अर्को पेस्तोल फेला परेको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार