त्रिभुवन विमानस्थलमा सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुन तस्करीको प्रयास रोकिएको छ। भारतका ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका छन् ।

उनले भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आउँदा आगमन भन्सार एरियामा जाँचको क्रममा प्रहरीले उनलाई शंका गरी नियन्त्रणमा लिएको थियो। जाँचको क्रममा मलद्वारबाट ८ सय ३५ ग्राम सुन फेला परेको छ। सुन तीनवटा डल्लामा लुकाएर ल्याइएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका मदनीलाई प्रारम्भिक अनुसन्धानका लागि केएमसी अस्पताल लगेर एक्सरे गरिएको थियो। आवश्यक अनुसन्धान र कारबाहीको लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार