नेपाल–चीन सडक सञ्जाल सुधारमा सहयोगको अपिल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा मन्त्री घिसिङले काठमाडौं–कोदारी र स्याप्रुबेँसी–रसुवागढी सडक मर्मत तथा सञ्चालनका लागि चिनियाँ प्रविधि र सहयोगको आवश्यकता औँल्याउँदै काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत कलङकी–बसुन्धरा खण्डको निर्माण तत्काल सुरु गर्न र अरुण नदी करिडोरका जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तार गर्न आग्रह गरेका छन् ।

राजदूत सोङले नेपालका प्राथमिकतालाई समर्थन गर्दै पूर्वजस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटमा मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र अन्य वरिष्ठ अधिकारीको उपस्थिति थियो।

सम्बन्धित समाचार

ताजा समाचार