काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेकी छन्।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारको कामकाज, र फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

