सुदूरपश्चिम एमालेको प्रस्तावः सचिवालयमा परिवार नराख्ने

कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मन्त्री र सांसदले आफ्ना सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव गरेको छ।

मंगलबार बसेको बैठकमा दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले यस्तो प्रस्ताव अघि सारेका हुन्।उनले परिवार र नातेदारलाई सचिवालयमा नियुक्त गरेका सांसद र मन्त्रीले तत्काल नियुक्ति खारेज गर्नुपर्ने सुझाव पनि दिएका छन्।

बैठकमा सहभागी सांसदहरू प्रस्तावप्रति सकारात्मक देखिएका छन्। उनीहरूले परिवार वा नातेदारलाई राख्नेबजाय पार्टीका दक्ष व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताएका छन्।

बैठकले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको छानबिन गर्न संसदीय समिति गठन गर्ने र सांसदहरूलाई जिल्लामा पुगेर क्षतिको अध्ययन गरी प्रतिवेदन बनाउन निर्देशन दिने निर्णय समेत गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार