काठमाडौं। नेपाली कांग्रेसले मधेश प्रदेश सरकारसँगको समर्थन फिर्ता लिएको छ।
जनकपुरमा आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्णय गरेको छ। संसदीय दलका नेता कृष्णप्रसाद यादवले बैठकको निर्णय सार्वजनिक गर्दै सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई पनि आजै फिर्ता बोलाइएको जानकारी दिए।
नेता यादवका अनुसार, अब कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने पहल अगाडि बढाउने छ।
मुख्यमन्त्री सिंहप्रति जनताको माग अनुसार राजीनामा दिनुपर्ने भए पनि उनले अहिलेसम्म त्यो गर्न अस्वीकार गरेका छन्। यसअघि जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्रीले राजीनामा दिने घोषणा गरिसकेका थिए, तर कार्यान्वयन गरिएको थिएन।

