सुनको मूल्य बढेको बढ्यै, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ। मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई लाख २३ हजार रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। मंगलबार दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज दुई हजार सात सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार