काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटारमा भेटेका छन्। बुधबार बिहान ९ बजे भएको भेटवार्तामा मुख्य रूपमा हालैको आन्दोलनका माग र मुद्दाहरूमा केन्द्रित छलफल भएको बताइएको छ।
स्रोतका अनुसार, यो भेट औपचारिक नभएर अनौपचारिक स्वरूपको रहेको थियो। मेयर शाहले आन्दोलनले उठाएका विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन तथा सुशासनमा केन्द्रित रहेको कुरा बताएका छन्। भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी र सचिवालयका सदस्यहरू उपस्थित थिए । भने मेयर शाहको टोलीमा सहयोगी कुमार बेनसहितका सदस्यहरू थिए।

