कांग्रेसले क्षतिको विवरण आज सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले २४ भदौंमा जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण आज सार्वजनिक गर्ने भएको छ ।

असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गरिने र सोही दिनको दिउँसो १ बजेदेखि पार्टी कार्यालय सरसफाइ गरिने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्धारा जारी सुचनामा उल्लेख छ ।

कांग्रेसले सामूहिक सरसफाइ कार्यमा सहभागी हुन पार्टीले आग्रह समेत गरेको छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले बेथितिविरुद्ध काठमाडौँ लगायत देशभर आन्दोलन गरेका थिए ।

त्यसक्रममा सार्वजनिक तथा निजी सम्पत्ति,पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएको थियो ।

यस्तो छ सुचनाः

सम्बन्धित समाचार

ताजा समाचार