धरानको १७ औँ नगरसभा बैठक शनिबार बस्ने

धरान। धरान उपमहानगरपालिकाको १७ औँ नगरसभा बैठक शनिबार बस्नेभएको छ।

पटक–पटकको रस्साकस्सीका कारण बसेको कार्यपालिका बैठकले धरानको नगरसभा शनिबार धरान उपमहानगरपालिकाको परिसरमा गर्ने निणर्य गरेको हो। कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट पास गरेको छ।

बैठकमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको चालु आर्थिक वर्षको लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार बजेट सर्वसम्मत पारित भएको छ। यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भए पनि जेनजी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा अन्योल बनेको थियो।

बैठकमा नगर प्रमुख हर्कराज राईले बाँकी रहेको नौ एजेण्डा प्रस्तुत गरेका थिए । बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकन, बसपार्क सञ्चालन, प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का, दररेट लगायतका बाँकी रहेका एजेण्डा पारित भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार