कैदीबन्दीलाई नेपालगञ्ज र थुनुवाको सरुवा

बाजुरा । बाजुरा कारागारमा रहेका कैदीबन्दीलाई नेपालगञ्ज र थुनुवालाई अछाम सरुवा गरिएको छ । कारागारमा रहेको ४९ कैदीबन्दीलाई नेपालगञ्ज र १८ जना थुनुवालाई अछाम सरुवा गरिएको हो ।

कारागार बाजुराको भवन नयाँ निर्माण गरिने भएकाले उनीहरुलाई अछाम र नेपालगञ्जमा सरुवा गरिएको कारागार बाजुराले जनाएको छ । सहरी विकास डोटी र भवन निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीले कारागार खाली गर्न पत्राचार दिएको थियो । त्यसै पत्रको आधारमा कारागार बाजुराले पनि जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गरेको हो । त्यसपछि जिल्ला प्रशासनले यहाँका कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभाग काठमाडौंलाई पत्र पठाएको थियो ।

यतिबेला कारागार विभाग व्यवस्थापन काठमाडौंले सो पत्रचारको आधारमा यहाँका कैदी बन्दीलाई नेपालगञ्ज सुरुवा गर्न अनुमति दिएपछि बाजुराका सबै कैदीबन्दीलाई नेपालगञ्ज पठाएको कारागार बाजुराले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार