काठमाडौं । संसद् विघटनलाई नेपाली कांग्रेसले असंवैधानिक ठहर गरेको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले असंवैधानिक ठहर गर्दै अन्य राजनीतिक दलहरूसँग संवाद गर्ने निर्णय गरेको छ।
जेन–जी आन्दोलनपछि पहिलोपटक पार्टीको औपचारिक बैठक बसेको हो। कांग्रेस केन्द्रीय कार्यालय आन्दोलनकारीद्वारा गरिएको आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएको अवस्थामा बैठक गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ भने बैठक उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको थियो।

