काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अब नेपाली सेनाको सुरक्षाबाट बाहिर भएका छन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हिंसात्मक बनेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने क्रममा ओली बालुवाटार छाडेर शिवपुरीमा सुरक्षा घेरामा बस्दै आएका थिए। हाल, सुरक्षा स्रोतका अनुसार उनी गुन्डु क्षेत्रमा बसिरहेका छन्।
आन्दोलनका समयमा ओलीको बालकोटस्थित घरमा आगजनीसमेत भएको थियो। यद्यपि, ओली सेनाको सुरक्षाबाट बाहिरिएको बारे पार्टीले अहिलेसम्म औपचारिक घोषणा गरेको छैन।
त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने आन्दोलनको क्रममा चोट लागेपछि सुरक्षा घेरामा रहेर उपचार गराइरहेका छन्।

