सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुबाहक गाडी कर्णालीमा खस्यो

काठमाडौं । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुबाहक गाडी कर्णाली नदीमा खसेको छ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ७ स्थित कर्णाली नदीमा क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी झन्डै ४०० मिटर मुनिको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रबणकुमार बिकले जानकारी दिए।

बिहान साढे ११ बजेतिर कर्णाली राजमार्गबाट यात्रुबाहक गाडी खसेको थियो। गाडीमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन।

भीरमा अड्किएका एक जनाको उद्धार गरी सडकतर्फ ल्याउने प्रयास जारी रहेको डिएसपी बिकले बताए।

उद्धारका सामग्री सहित घटनास्थलमा प्रहरी खटिएका छन्।

 

सम्बन्धित समाचार

ताजा समाचार