निधि निवासमा कांग्रेसका तीन नेताबीच लामो छलफल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेताहरूबीच पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक गतिविधिबारे महत्वपूर्ण छलफल भएको छ। कांग्रेस नेता विमलेन्द्र निधिको मध्यबानेश्वरस्थित निवासमा नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता जारी रहेको जनाइएको छ।

निधिको सचिवालयका अनुसार तीन नेताबीच पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, समसामयिक राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिका विषयमा विस्तृत रूपमा विचार-विमर्श भइरहेको छ। पछिल्लो समय राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रमसँगै कांग्रेसभित्र पनि विभिन्न विषयमा छलफल र परामर्शको क्रम बढिरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

छलफलमा पार्टीभित्रको एकता, नेतृत्वबीच समन्वय, संगठनलाई थप प्रभावकारी बनाउने उपाय तथा वर्तमान राजनीतिक चुनौतीहरूको सामना कसरी गर्ने भन्ने विषयमा समेत धारणा आदानप्रदान भइरहेको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार