मन्त्री घिसिङ भन्छन्- संसद् भवन पुसमै सम्पन्न गर्नुपर्छ 

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्। हाल ८६ प्रतिशत भौतिक प्रगति भएको भवनको काम ढिलाइ नगरी समयमै सम्पन्न गर्न उनले आग्रह गरे ।

मन्त्री घिसिङले आयोजनामा अनियमितता देखिएमा संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिँदै सेवा प्रवाहमा सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार